नवलपुर
जलवायु परिवर्तन र बढ्दाे जनघनत्वले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिएको उपराष्ट्रपति रामसहायप्रसाद यादवले बताउनु भएकाे छ। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयले नवौं चुरे संरक्षण दिवसको अवसरमा नवलपुरको कावासोतीमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो ।
संरक्षण नगरि वेवास्ता गर्ने हाे भने चुरेकाे नाम नै नरहने अवस्था आउन सक्ने बताउदै तराई र पहाडको जलवायु परिवर्तन र वातावरणीय प्रभावलाई सन्तुलित बनाउन पनि अब हामी यस्को संरक्षणमा लाग्नु पर्ने अाैल्याउनु भयाे । त्यसको लागि गुरुयोजना बनाएर कार्यान्वयनको चरणमा रहेकाे उहाकाे भनाई थियाे ।
कावासोती–६ स्थित विष्णु नगर सामुदायिक वनको १० हेक्टर क्षेत्रफल क्षेत्रफलमा १० हजार विरुवा रोपिँदै छ ।