बिबेक भण्डारी ।
साइवर र यससंग सम्बन्धित घटनाहरुबाट जोगिन आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन । नवलपुरको देवचुली नगरपालिका वडा नं.१६ रजहरमा वडा बाल संञ्जालले आयोजना गरेको साइबर सेक्युरिटी सम्बन्धि कार्यक्रममा बोल्ने अधिकाशंले साइबर सेक्युरिटीबारे जानकार हुन आवस्यक रहेको बताए । साइबर सेक्युरिटीबारे जानकारी नहुदा धेरै खालका घटनाहरु घटेको समेत बताएका थिए । नगर बाल परामर्शदाता खिमानन्द भुषालले तालिममा सहजिकरण गर्दे साइबर सेक्युरिटीबारे बालबालिका थप जानकार हुन आवस्यक रहेको बताउनुभयो । उहाँले बालबालिकाहरुले साइबर सुरक्षाबारे जानकारी लिन सके साइबर सम्बन्धि घटनाहरु कम हुने र घटनाबाट जोगिन सकिने बताउनुभयो ।

वडा संञ्जालले आयोजना गरेको सात दिने साइबर सेक्युरिटी र नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाट कार्यक्रममा कुमारवर्ती इ.बो.स्कुलका प्रिन्सीपल विरेन्द्र चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । आयोजित कार्यक्रममा देवचुली नगरपालिका वडा नं.१६ का वडा अध्यक्ष केशबराज गौतम, बाल परामर्शदाता खिमानन्द भुषाल, इलाका प्रहरी कार्यलय रजहरका प्रमुख लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमको दिपक थापाले प्रशक्षिण दिनुभएको हो । सात दिन सम्म चल्ने उक्त कार्यक्रमको अध्यक्षता वडा संञ्जालका अध्यक्ष शिशिर आचार्यले गर्नुभएको थियो । कार्यक्रममा स्थानिय १ सय ३० जना बालबालिकाको सहभागिता रहेको थियो ।