बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नं. २ पुर्नवासका स्थानीय पानी माग्न नगरपालिका पुगेका छन । जिल्लाको देवचुली नगरपालिकाकै अति विपन्न समुदायको बसोबास रहेको सो वस्तीमा हाल सम्म सरकारले धारो समेत पुर्याउन सकेको छैन ।

सरकारी धाराको आसमा रहेका त्यहाका स्थानीयहरुको माग कतैबाट सम्बोधन नभए पछि उननिहरु सोमवार नगरपालिकामा पानी माग्दै पुगेका हुन । गर्मि समयमा मात्र नभइ सो बस्तीमा अन्य समयमा पनि पानीको चरम अभाव त्यहाँका स्थानीयहरुले झेल्दै आएका छन । गत स्थानिय चुनावमा जनप्रतिनिधिहरुले खानेपानी अभाव हुन नदिने भनि भोट मागे पनि अहिले सोही स्थानिय सरकार संग पानी माग्न नगरपालिका पुगेको स्थानिय सोमलाल विकले बताए ।

पुर्नवासका स्थानीयहरु हाथमा विभिन्न नारा लेखिएको कार्ड बोकेर नगरपालिकामा धर्ना दिएका हुन ।