नवलपुर जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

शिक्षा


बिबेक भण्डारी ।
नवलपुर जिल्लालाई खोप मुक्त जिल्ला घोषणा गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरि जिल्ला स्वास्थ्य कार्यलय नवलपुरले जिल्लालाई आर्थिक वर्ष २०७९÷०८० का लागि पूर्ण खोप सुनिश्चितता घोषण गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यलय नवलपुरका प्रमुख केशब प्रसाद चापागाईका अनुसार बालबालिकाहरुलाई १३ प्रकारका रोग विरुद्ध खोप प्रदान गरेको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७८÷०७९मा बालबालिकाहरुलाई दिने अन्तिम खोप दादुरा रुबेलाको दोस्रो मात्रा लगाउने बालबालिकाहरुको संख्या ५ हजार ७ सय ५३ जना रहेको र त्यसको प्रगति भने ९७ प्रतिशत रहेको बताउनुभयो । प्रमुख चापागाईका अनुसार यस आर्थिक वर्षको बैशाख सम्म सोही खोप लगाउनेको संख्या ४ हजार ७ सय २ रहेको जानकारी गराउनुभयो । जिल्लामा पूर्ण खोप सुनिश्चितता घोषणाको प्रकृयामा घरधुरी सर्बेक्षण गर्दा अध्याबधिक भएको तथ्याङ अनुसार जिल्लामा खोप लगाउन छुटेका कुल १सय २ जना र खोप लगाइएका छुट बालबालिकाको संख्या १सय१ गरि कुल १सय ३ जना बालबालिकाहरु खोपबाट छुटेको जिल्ला स्वास्थ्य कार्यलय नवलपुरको तथ्याङले देखाएको छ ।

जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक बाबुराम विश्वकर्माले गर्नुभएको थियो । आयोजित कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख,उपप्रमुख, जिल्ला प्रशासन कार्यलय नवलपुरका साहायक जिल्ला अधिकारी, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर