देवचुली नगरपालिकामा रहेको घुमाउरी सामुदायिक वनमा मतदान सकिएको छ । समूहको उपाध्यक्ष पद चयनका लागि बिहान ७ः २५ बजेदेखि घुमाउरी सामुदायिक वनको कार्यलय परिसरमा सुरु भएको मतदान दिउँसो २ बजे सम्पन्न भएको हो ।
जसका लागि जम्मा ३ सय ५५ मत खसेको छ । कुल ५ सय १ उपभोक्ता मतदाता रहेपनि ३ सय ५५ उपभोक्ता मतदाताले मात्रै मतदान गरेका छन् । नयाँ कार्यसमिति चयनका लागि अन्य पदमा सर्वसम्मत भएपनि उपाध्यक्ष पदमा चुनाव गरिएको हो । घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्ष पदका लागि केशवराज अर्याल र चन्द्रबहादुर थापा बिच प्रतिश्पर्धा भएको छ ।
मतगणना भने केही बेरमा सर्वदलीय बैठक बसि निर्णय गरिने निर्वाचन समितिका संयोजक रेशम कोइरालाले जानकारी दिनुभयो । रशेम कोइरालाको संयोजकत्वमा, सदस्य मधुमाया गुरुङ , विष्णुबहादुर खड्का, तिलकुमारी वि.क, जीवन गैरेको निर्वाचन समिति गठन भएको थियो ।