दुम्कौलीमा सर्प दंशको प्राथमिक उपचार सुरु गरेका हौँ : नगर स्वास्थ्य प्रमुख श्रेष्ठ

शिक्षा

बिबेक भण्डारी ।

देवचुली नगर अस्पतालमा प्राथमि शर्पदंश उपचार रहेको नगर स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताउनुभएको छ । २०८० असार २२ गते देवचुली वडा नम्बर ३ बस्ने ५० वर्षिय एक बृद्धालाई गोमन शर्पले डसे पछि उपचारका लागि दुम्कौली अस्पताल पुगे पनि अस्पतालले २ घण्टा सम्म दुम्कौलीमै राखेर कावासोती स्थीत कालिगण्डकी अस्पतालमा पठाएको शर्प उद्धार कर्ताहरुले बताएका छन । यो विषय आए पछि हामिले दुम्कौली अस्पतालका प्रमुख चित्रबहादुर सुनारको फोन उठेन । अस्पताल प्रमुखको फोन नउठे पछि यसको बारेमा जानकारी लिन नगर स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठसंग बुझ्ने प्रयास गर्र्यो उहाका अनुसार दुम्कौली अस्पतालमा पूर्ण रुपमा शर्पदंशको उपचार नभई प्राथमिक उपचार मात्र भएको बताउनुभयो ।

पहिले अविषालु शर्पले डस्दा मात्र उपचार गरिएको भए पनि हाल प्राथमिक नै भए पनि विषालु शर्पले टोकेका विरामीहरु उपचार गर्ने गरेको बताउनुभयो । ‘नगर अस्पतालमा दुईजना चिकित्सकहरु तालिम प्राप्त छन’ प्रमुख श्रेष्ठले भने । उहाँका अनुसार चारजना आपतकालिनमा काम गर्ने चिकित्सक रहेको बताउनुभयो । अस्पतालमा २ चिकित्सक र ४ जना स्वास्वस्थ्यकर्मी रहेको जानकारी दिनुभयो । प्रमुख श्रेष्ठले शर्पको भ्याक्सीन स्टोर नै दुम्कौली नगर अस्पतालमा रहेको र कुनै पनि विरामीहरुलाई हामी सकभर यहि उपचार दिन्छौ, श्रेष्ठकले भन्नुभयो । सबै उपचारका सामाग्रि हुदा पनि कालिगण्डकी उपचारमा किन विरामी पठाउनुभएको भन्ने प्रश्नमा प्रमुख श्रेष्ठले कालिगण्डकी अस्पताल भनेको डा छविलाल थापा रहने अस्पताल र उहाँ नेपाल कै शर्पदंश उपचारको टप डाक्टरमा रहनुभएको कारण पठाएको बताउनुभयो । ‘हामिले कालिगण्डकी अस्पतालले दिए जस्तो सबै उपचार प्रदान गर्न सक्दैनौ यसलाई प्राथमिक उपचारको रुपमा बुझ्नुहोला’ उहाँ का अनुसार दुम्कौलीले भरतपुर या कालिगण्डकी अस्पताल नै पठाउने हो मात्र उहाँहरुलाई अस्पताल पुग्दा सम्म सुरक्षित प्रदान गर्ने कसरी भन्ने मात्र हामिले यहाँ उपचार गछौँ । देवचुली नगर स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले भन्नुभयो । तर केहि दिन अघि सर्पदंश उपचारका लागि देवचुली मै सबै सुविधा सहित उपचार केन्द्र स्थापना गरेको नगरका प्रमुख हरि न्यौपाने र पार्वता तिवारीले भन्नुभएको थियो । यता सर्प उद्धार तथा सर्प सम्बन्धि ज्ञान हासिल गरेकाहरुले भने सो अस्पतालमा पर्याप्त सुविधा नभएको र जनतालाई प्रचारबाजीमा भुलाएको बताए ।

उद्धारकर्ताले नगरले प्रोत्साहन स्वरुप दिएको सहयोग समेत नलिने सामाजिक संञ्जालमै भन्नुभएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर