बिबेक भण्डारी ।
देवचुली माध्यमिक विद्यालयको एस ईई नतिजा उत्कृष्ट ल्याएको भन्दै विद्यार्थिहरुलाई सम्मान गरेको छ । शुक्रवार विद्यालयमा एक भव्य कार्यक्रम आयोजना गर्दे विद्यालयमा उत्कृष्ट अंक ल्याउने १ सय २५ जना विद्यार्थिहरुलाई सम्मानसंगै मायाको चिनो प्रदान गरेको हो । आयोजित सम्मान कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले देवचुली माविले ल्याएको एस ईईमा ल्याएको परिणाम उत्कृष्ट भएको भन्दै विद्यालय तथा शिक्षकहरुलाई धन्यवाद तथा बधाई प्रदान गर्नुभयो ।

उहाँले एस ईईको उत्कृष्टताको खुशीसंगै अब विद्यालय व्यवस्थापन समिति गठन गरेर थप खुशी साट्ने बताउनुभयो । देवचुली माध्यमिक विद्यालयबाट यस वर्ष १२५ जना विद्यार्थिहरु एस इइमा सहभागि भएका थिए त्यस मध्ये १९ जनाले ३.६, ४ प्रतिशत, ३.२देखी३.६ल्याउने ३२ जना र २.८ देखी ३.२ जिपीए ल्याउने ३० जना रहेको थिए । कुशल अधिकारीले ३.९२ ,रोमन खरेलले पनि सोही अंक प्रप्त गरि विद्यालय प्रथम बनेका छन । आयोजित कार्यक्रममा उत्कृष्ट मध्ये केहि विद्यार्थिहरुले विद्यालयमा अध्ययन गरेका र उत्कृष्ट अंक कसरी ल्याए भन्ने बारे जानकारी बोलेका थिए ।

कार्यक्रममा विद्यालयका प्रअ नारायण भण्डारी विद्यालयका शिक्षको अधिक परिश्रम,लगावका कारण विद्यालयले उत्कृष्ट अंक ल्याएको बताउनुभयो ।
विद्यालयले गरेको मिहिनतका कारण आफ्नो बालबालिकाहरुले उत्कृष्ट अंक ल्याएको विद्यार्थिका अभिभावकहरु बताए ।

कार्यक्रममा देवचुली नगरपालिका वडा नं. १६का वडा अध्यक्ष केशव गौतम, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सुर्य न्यौपाने, शिक्ष अभिभावक संघ निवर्तमान अध्यक्ष दिपेन्द्र थापा लगायतको सहभागिता रहेको थियो । विद्यालयले उत्कृष्ट अंक ल्याउने विद्यार्थिहरुलाई नगर परिक्रमा समेत गराएको थियो ।