प्राकृतिक चिकित्सालय रजहर प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार २०७८बाट सम्मानित

शिक्षा

बिबेक भण्डारी

प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार २०७८ नेपालबाट सामुदायिक प्राकृतिक चिकित्सालय रजहर पुरस्कृत भएको छ । राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा प्राकृतिक चिकित्सालय रजहरहरुलाई सम्मान गरेको हो । आयोजित कार्यक्रममा पुर्व उपप्रधान मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

नवलपुरको सामुदायिक प्राकृतिक चिकित्सालयले बिगत १६ वर्ष देखि पुर्याउदै आएको योगदान र कोभिडको समयमा गरेको कार्यको उच्च मुल्याङन गरि प्राकृतिक स्वास्थ्य संस्थाले सम्मान गरेको हो । सम्मानित हुदै चिकित्सालयका निर्देशक डा.विनोद पौडेलले योग र प्राकृतिक चिकित्साको क्षेत्रमा विगत १६ बर्ष देखि उत्कृष्ट सेवा प्रवाह गर्दै आएको बारे कार्यक्रममा जानकारी गराउनुभयो । योग एवं प्राकृतिक चिकित्सा समाजको राष्ट्रिय प्रतिनिधिका रुपमा सहभागि रहनुभएका डा पौडेलले देशै भरि र अन्तराष्ट्रिय क्षेत्रबाट आएका करिव ४० हजार बढि स्वास्थ्यार्थिहरुलाई सफल उपचार सेवा प्रादन गरि नयाँ जीवन प्रदान सामेत गरेको बताउनुभयो ।

योग र प्राकृतिक चिकित्सा ,जीवन शैलि सुधार सम्वन्धि जनचेतना मुलक कार्यक्रमको नेत्रित्व गरि जनताको अस्पताल रुपमा पहिचान बनाउदै, योग र प्राकृतिक चिकित्साको क्षेत्रमा राष्ट्रिय गौरवको रुपमा परिचित सामुदायिक प्राकृतिक चिकित्सालय देवचुली न.पा.१६ रजहरले कोभिड १९ महाँमारीमा जिल्ला कोभिड अस्थाई अस्पतालको रुपमा सहासिक र एैतिहाँसिक कार्य गरि सत प्रतिशत नतिजा दिन सफल भएकोमा प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार वाट सम्मानीत हुन पाउदा उत्साहीत उमंग र थप जिम्मेवारीको महशुस प्राकृतिक चिकित्सालयले गरेको बताउनुभयो ।

चिकित्सालयको भावि योजनाका बारेमा उहाँले प्रकृतिक शिक्षण अस्पताल, जेष्ठ नागरिक आरोग्य आश्रम समेत संञ्चालन गर्ने तयारीमा प्राकृतिक चिकित्सालय रहेको बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर