भुमिगत पानीको सहि सदुपयोग अहिलेको आवस्यकता हो : नगर प्रमुख न्यौपाने ।

शिक्षा

देवचुली।

भुमिगत पानीको सहि सदुपयोग अहिलेको आवस्यकता रहेको देवचुली नगरपालिकाका नगर प्रमुख हरि न्यौपानेले बताउनुभएको छ । आइतवार देवचुली नगरपालिकमा चालु आर्थिक वर्षका लागि सम्झौतामा परेका २ वटा डिप बोरिङ शिलान्यास गर्दे उहाँले भूमिगत पानीको सही सदुपयोग गरि कृषि उत्पादन वृद्धि गर्नका लागि लाग्नुपर्ने बताउनुभयो । बोरिङ संचालनसँगै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने भएकाले किसानहरुलाई व्यावसायिक नगदे बाली तथा तरकारी खेतीको तयारी गर्न समेत आग्रह गर्नुभयो । बोरिङको पुर्वाधार विस्तारका लागि नगरपालिकाले सहकार्य गर्ने समेत उहाँले बताउनुभयो । सम्झौतामा परेका देवचुली १० पृथ्वीनगरमा सिंचाइका लागि डिप बोरिङ शिलान्यास भएको हो । भूमिगत जलश्रोत तथा सिंचाइ कार्यालय गण्डकी प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा जलुके घुमाउरे डिप ट्युबवेल जल उपभोक्ता समितिद्वारा डिप बोरिङ निर्माण गर्न लागिएको हो।

देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वता तिवारी,प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, पूर्व नगर प्रमुख पूर्णकुमार श्रेष्ठ, वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर,पूर्व वडा अध्यक्ष केशर आले,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बोरिङ शिलान्यास गरिएको हो।

जलुके घुमाउरे डिप ट्युबवेल जल उपभोक्ता समितिका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता भएको कार्यक्रममा बोरिङको सिँचाइबाट लाभान्वित किसानहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन समितिका सचिव यमप्रसाद भुसालले गर्नुभएको थियो।

त्यसै गरि देवचुली ११ मा नगर प्रमुख हरिप्रसाद न्यौपानेले डिप बोरिङको शिलान्यास गर्नुभएको थियो। चालु आर्थिक वर्षमा देवचुली १० र ११ मा मात्र डिप बोरिङको सम्झौता भएको हो। नगरका ५ वटा समूहले भूमिगत जलश्रोत तथा सिंचाइ कार्यालय गण्डकी प्रदेशमा माग गरेको भएता पनि २ वटा बोरिङको सम्झौता गरिएको नगर उप प्रमुख पार्वता तिवारीले बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर