बिबेक भण्डारी ।
देवचुली नगरपालिका भित्र रहेका १६ वटा सामुदायिक विद्यालयहरुले हाल सम्म छात्रवृत्ती विवरण पेश गरेका छैनन् । देवचुली नगरपालिका भित्र रहेका २८ सामुदायिक विद्यालय मध्ये १२ वटा विद्यालयले मात्र छात्रवृती विवरण पेश गरेका छन । नगर शिक्षा शाखा देवचुलीका अनुसार सामुदायिक विद्यालयहरुमा आर्थिक वर्ष २०७९÷०८० का लागि सिमान्तकृत,दलित तथा अपाङ विद्यार्थिहरुलाई प्रदान गर्ने छात्रबृत्ती विवरण असार २६ सम्म जम्मा १२ विद्यालयहरुले बुझाएको जनाएको छ ।

नगरमा रहेका कुल २८ समुदायिक विद्यालय मध्ये जम्मा १२ विद्यालयहरुले मात्र छात्रवृत्ती वितरण गरेको भरपाई पेश गरेको छ । शिक्षा शाखाका देवराज काफ्लेका अनुसार नगरले जेष्ठ महिनामा नै सुचना निकालेको भए पनि केहि विद्यालयहरुले विवरण पेश गरेका छन भने केहिले गर्न बाकि रहेको बताए । ‘हामिले जेष्ठ महिनामा बैठक बसेर विद्यालयहरुले छात्रवृत्ती विवरण पेश गर्नुपर्ने भनि निर्णय र सुचना पनि निकालेका थियौँ’ देवचुली नगरपालिकाका शिक्षा शाखाका देवराज काफ्लेले भने । नगरले निश्चित समय नतोकेको कारण समयमा विद्यालयहरुले छाज्ञवृत्ती विवरण पेश नगरेको देखिएको छ ।
नगर शिक्षाले दिएको विवरण अनुसार हाल सम्म देवचुली १६ वेलस्वारामा रहेको सरस्वती आ.वि, देवचुली ६ कुमसोतमा रहेको सरस्वती आ.वि, बालकिरण आ.वि देवचुली ६,नारायणि आ.वि देवचुली १५, सूर्यकिरण आ.वि देवचुली ११,वाल्मीकि आ.वि देवचुली १४, शान्ति सृजना आ.वि देवचुली ४,प्रभावतजनता आ.वि देवचुली १६, कुमारवर्ती आ.वि देवचुली १३, दिव्यज्योती आ.वि देवचुली १२, कालिका मा.वि देवचुली ९ र जनज्योती नमुना मा.वि देवचुली १४ले मात्र हाल सम्म विद्यालयले प्रदान गर्ने छात्रवृत्ती विवरण नगरमा पेश गरेको तथ्याङमा उल्लेख छ ।