नेपाल ट्रेड यूनियन काँग्रेसको श्रममन्त्रालयलाई ज्ञापन पत्र

शिक्षा

नवलपुर ।
नेपाल ट्रेड यूनियन काँग्रेस नवलपुरले आफ्नो पाँच बुँदे मागसहित जिल्ला प्रशासन कार्यलय नवलपुरमा ज्ञापन पत्र बुझाएको छ । विहिवार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

न्यूनतम पारिश्रमिक २५ हजार कायम गर , योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर , स्थानिय तहमा श्रमिकहरुको पञ्जिकरण गर , श्रम आयोग गठन गर , नीति निर्माण तहमा श्रमिकको र प्रतिनिधित्व व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले श्रमजिविहरुको माग सम्बोधन हुने गरी आफुले पाएको ज्ञापन पत्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउने बताउनु भयो ।

नेपाल ट्रेड यूनियन काँग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुवेदीको नेतृत्वमा ज्ञापन पत्र बुझाएका हुन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर