बिबेक भण्डारी
देवचुली नगरपालिकाले व्यवशायि प्रती अनुक्तरदायि भुमिका देखाएको बताएको छ । उद्योग वाणिज्य संघले आज प्रेस विज्ञप्ती जारी गर्दे नगरले आर्थिक वर्ष २०८०÷०८१ के व्यवशायिक कर ५० देखि ५०० प्रतिशत सम्म बृद्धि गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रेस विज्ञप्तीमा हालको परिस्थीमा स्थानिय सरकारले व्यवशाय र व्यवशायिलाई सुरक्षित र संरक्षण गर्नुपर्ने अवस्थामा अव्यवहारिक रुपले कर बृद्धि गरेको जनाएको छ । महासचिव विनोद सिलवाल र अध्यक्ष सुर्य प्रसाद दवाडीको हस्ताक्षर रहेको विज्ञप्तीमा नगरले जारी गरेको कर पुनरावलोक गर्न माग गरेको छ यस्तै नगरले
पुनरावलोन गर्न नसके आर्थिक वर्ष २०८०÷०८१को कर नबुझाउन व्यवशायीहरुलाई आह्वान गर्ने समेत विज्ञप्तीमा उल्लेख गरेको छ ।