https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

शिक्षा

बीपी कोइरालाले जीवनको उत्तरार्द्धमा  भन्नुभएको थियो- ‘म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सृजना गर्ने प्रयास हुनेछ  । घटनाहरुलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । नेपाली कांग्रेसमा मैले लिएको अडान र मेरा दृष्टिकोणहरुलाई गौण बनाइनेछ । मैले नेपाली कांग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरुको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरो अडानका निरन्तरता छन् । बिपक्षको दल र राजाको बारेमा अनि  संसारसँगको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारमा मैले सँधै उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ति हामीले हिन्दुस्तानबाट सञ्चालन गर्यौं । हामीलाई हिन्दुस्तानले सञ्चालन गर्न खोजेको कुराको मैले सँधैभरि र सबैभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु । उनको निरंकुश शैलीको मैले सँधै र सबैभन्दा बढी विरोध गरेको छु । मैले हिन्दुस्तानमा बसेर संगठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरें । राजासँग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिनँ । मेरा यी अडानहरुका बारेमा व्यापक भ्रम सृजना हुने सम्भावना मैले देखेको छु । नेपाली कांग्रेसको इतिहास ती सबै आदर्शहरु र लक्ष्यहरुका साथ भएको संघर्षको इतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्जवल भविश्यको लागि नेपाली कांग्रेसमा ती कुराहरुको निरन्तरता रहनुपर्छ । जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ, यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरु छाडेर केवल सत्ताको राजनीति गर्ने छ, यो निरर्थक भएर जानेछ ।’

हिजो आज कांग्रेस र कांग्रेसीजनहरुले मन्त्रको रुपमा लिने गरेको तर पालना नगरेको कांग्रेसको मुलभुत सिद्दांत राष्ट्रियता, धर्म, प्रजातन्त्र  र समाजवादको बिषयमा बी पी कोइरालाले प्रस्टसँग आफ्नो भनाई राख्नु भएको थियो ।

राष्ट्रियता

बीपी भन्नुहुन्थ्यो, ‘राष्ट्रियता भनेको भूगोलमात्र होइन, माटोमात्र होइन त्यो यथार्थमा जनता हो । राष्ट्रियता केवल भूगोल सँग मात्र सम्बन्धित हुँदैन । यो समग्ररुपमा जनतासँग सम्बन्धित हुन्छ । राष्ट्रियता भन्नासाथ जनताको हक अधिकारसँग सम्बन्धित हुन्छ । उँहाले अझ अगाढी थपेर भन्नु हुन्थ्यो जुन कामले जनताको हक अधिकारको संरक्षण गर्दछ त्यो काम राष्ट्रिय हुन्छ ।’ अर्को शब्दमा राष्ट्रियता भन्नाले  जनता , तिनको अगाडि उपस्थित भएको समस्या, त्यस समस्याको सबैले मिलेर समाधान गर्ने दिशापट्टीको सामूहिक प्रयत्न र  त्यस प्रयत्नमा अनुभव गरेको एकताको भावना यहि नै  साँचो अर्थको रास्ट्रीयता हो । यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ।

धर्म

‘धर्मको बिरुद्धमा म पटक्कै छैन, छँदै छैन, तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिनँ । मैले कुनै मन्दिरमा गएर मलाई यसो गरिदेऊ भनेको छैन।  किनभने म भन्दा पनि बेसी खाँचो भएका मानिस त्यहाँ पुगेका छन् र उनीहरु मन्दिर र भगवानप्रति  पूरा भरोसा पनि गर्छन्। मैले त्यो देखिरहेको छु भने मेरो कुरा किन पूरा हुन्छ? त्यसो हुनाले मैले मेरा चाहना पुरा गरिदेउ भगवान भन्दा पनि भन्दिन। तर मन्दिरमा जाँदाखेरी मलाई एउटा सम्वेदनशीलताको अनि  अर्का प्रति एउटा करूणाको भाव जागृत हुन्छ।’ बीपीले ईश्वरलाई यसरी ब्याख्या गर्नुहुन्थ्यो, ‘ईश्वर कवितामा हुन्छन्, ईश्वर सपनामा हुन्छन्। ईश्वरलाई विज्ञानको माध्यमले व्याख्या गर्न सक्नुहुन्न। भौतिक आधारमा व्याख्या गर्न सक्नु हुन्न। ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो।’

प्रजातन्त्र

बीपीका अनुसार, ‘राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय मानिसका तीनओटा आधारभूत चाहनाहरुलाई एकीकृतरुपमा स्थान दिने राजनैतिक अवधारणा नै प्रजातन्त्र हो ।’ बीपी अझ प्रस्ट पारेर भन्नुहुन्थ्यो, ‘प्रजातन्त्र  तीन मूलभूत सिध्दान्तहरूको व्याबहारिक र राजनीतिमा प्रयोग भएको समग्र रूप हो। यी तीन सिध्दान्तहरूमा कुनै एउटा मात्रै पनि चालु व्यवस्थामा समावेश भएको छैन भने त्यो  प्रजातन्त्र नै होइन। जस्तो तीनखुट्टे टेबुलमा एउटा खुट्टामात्र  छैन भने त्यो उभिनै सक्तैन। प्रजातन्त्रमा यी तीन तत्व अनिबार्य छन यी  हुन् , १. नागरिक अधिकार (नागरिक अधिकार भन्ने अभिव्यक्तिको स्वतन्त्रता, वैचारिक स्वतन्त्रता, आवत जावतको स्वतन्त्रता र सङ्गठनको स्वतन्त्रता हुन् ) २. कानूनी राज्य  अर्थात् यस्तो व्यवस्था जहाँ ऐन कानूनको संरक्षण, मर्यादा र नियन्त्रणमा नागरिकहरूले आफ्नो अधिकारको उपभोग गर्ने र दायित्वलाई पालन गर्ने छन्। सरकारको निरंकुशता, हुकुमी शासन, सरकारी विभागहरूको अन्याय र अत्याचारका विरूध्द कानूनी राज्यको संरक्षण नागरिकहरूलाई चाहिन्छ। ३. राज्यको नीति निर्धारण र राज्यको शक्तिको प्रयोगमा जनताको सर्बाधिकार (जनताहरु  निर्वाध रुपमा उपस्थित भइ आवश्यक परेको अवस्थामा  हस्तक्षेप गर्ने अधिकार पनि जनतालाई छ भने बल्ल जनता निहित  सार्वभौमिकता  भन्ने बुझिन्छ । राज्यको विभिन्न नीति नियम बनाउने तह देखि कार्यकारी पदमा जनताका छोरा छोरीहरुको उपस्थिति हुनु अति आबश्यक हुन्छ ।’

समाजवाद

समाजबादको बारेमा  बीपी  भन्नुहुन्छ, ‘समाजवाद भन्ने शब्दमा नेपाली जनताको नफुटेको बाणी राखिएको छ । उनीहरुको दुःखी जीवनमा यसले त्राण ल्याउनु नै वास्तविक समाजबाद हो  । उनीहरुलाई गरिबी, शोषण र अत्याचारबाट मुक्त हुने बाटो पाइयो भन्ने भावनाले एउटा नयाँ स्फुर्ति र प्रेरणा दिनु पर्दछ । समाजवादले जमिनमा काम गर्ने कुटो कोदालो गरेर जमिनलाई उर्वर बनाउने जनताको हितमा काम गर्नु पर्दछ  ।’

अहिलेको कांग्रेस  र कांग्रेसको अवस्था

धेरैलाई लाग्न सक्छ कांग्रेसले  केन्द्र, प्रदेश र धेरै  स्थानीय तहमा आफ्नो सरकारसहित बलियो उपस्थिति जनाएको छ तर सत्य रुपमा भन्ने हो भने अहिले नेपाली कांग्रेस इतिहासकै सबै भन्दा संकटको घडीमा छ । कांग्रेसले आफ्नो मूल बाटो छोडेर सत्ताको लागि मात्र काम गरेको ,वास्तविक प्रजातन्त्र र समाजबादको बाटोमा नहिडेर स्वार्थको राजनीतिमा लागेको प्रस्ट देखिन्छ । तीन तहको सरकारमा बलियो उपस्थिति जस्तो देखिए पनि कांग्रेस ऑफ्नो निर्णय ले चल्न नसकेको अवस्था छ र उस्ले आफ्नो गतिमा काम गर्न सकेको छैन । बीपी कोइरालाले भन्ने गर्नु भएको सर्बसाधारण जनता, प्रजातन्त्र होस् या लोकतन्त्र जस्ता बिषयमा कांग्रेस पूर्णरुपमा फरक धारमा हिँडेको बीपीका अनुयायीहरुलाई मात्र होईन अन्यलाई पनि लाग्न थालेको छ । चाहे धर्मको बिषय होस् या राष्ट्रीयता या त बिपक्षहरुको बिषयमा काँग्रेस एउटै निर्णयमा रहेर काम गरेको जस्तो देखिदैन । हाल कांग्रेस सिद्धान्त होस् या संगठन दुवै रुपमा पूर्णरुपमा असफल जस्तो देखिन्छ । आलोचकहरु मात्र होइन कांग्रेसलाई मनै बाट माया गर्नेहरु पनि कांग्रेस ब्यक्तिबादी गुटगत र योजनाबिहिन जस्तो बनेको छ भनी गर्दछन्।

कांग्रेसको अबको बाटो – सक्किनु या सच्चिनु

तीन तहको सरकारमा राम्रै स्थान लिएर बसेको कांग्रेसको नीति, संगठन र नेतृत्वबारे कांग्रेस वृत्तमा बहस चुलिएको अवस्था छ । कांग्रेसलाई नयाँ अवतार दिन उत्साही युवापंक्ति मुखरित भएर पनि आएको छ । राजधानीमा यसै साता चलेको केन्द्रीय समिति बैठकमा पनि पुरानो र नयाँ पुस्ताबीच जुहारी नै चलेको देखिन्छ । पुरानो पुस्ता जस्को नेतृत्व सभापति शेरबहादुर देउवाले गर्नुहुन्छ त्यो पुस्ता बढी व्यक्तिबादी, गुटगत र सिद्धान्तबिहिन र यथास्थितिमा रहन चाहेको छ भन्ने आम नागरिकहरूको संख्या ठूलो छ। नयॉ पुस्ता सिद्धान्त र संगठनको रूपमा केही पारदर्शी प्रष्ट र समावेशी बनेर वास्तविक लोकतन्त्र र समाजवादलाई अंगाल्न चाहेको भन्नेहरू बढी छन् । तसर्थ, अब कांग्रेसभित्र एउटा विचारको महायुद्ध स्थापित गरेर पार्टीलाई पूर्णरूपमा शुद्धिकरण गर्नु पर्ने देखिन्छ। यस्को लागी पार्टीको विचार, संगठन र नेतृत्वमा सुधार गरेर नेपाली कांग्रेसमा पुनर्ताजगी हुन पर्छ। याने कि कांग्रेस अब पूर्णरूपमा सच्चिनु या सकिन तयार हुनुपर्ने दृष्य छर्लङ्ग देखिन्छ। तेस्तै कांग्रेस लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, मौलिक अधिकार, संसदीय प्रणाली रक्षाका लागि  सजग पनि बन्नु पनि  पर्दछ। कांग्रेसले यस विषम परिस्थितमा ऑफ्नो सिद्धान्तका प्रतिपादक बीपी कोईरालाले लिनुभएको सिद्धान्तलाई मनन गरेर जनता सामु गए मात्र कांग्रेस सच्चा नेपाली कांग्रेस र बीपीको  सिद्धान्त बोकेको नेपाली कांग्रेस बन्नेछ। त्यो नै बीपीलाई चढाउने सच्चा श्रद्धासुमनको माला हुनेछ। यो लेख अनलाइन न्युज सेभेनमा यज्ञ पाण्डेद्धारा लेखिएको छ ।

(बीपीका बिचार र भनाईहरू जेल जर्नल र अन्य पुस्तकहरूबाट लिईएको हो)

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर