बिबेक भण्डारी ।
४१ औँ विपि स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाइँएको छ । नवलपुर सहित देशभर कांग्रेसले विभिन्न कार्यक्रम आयोजना गरेको हो । यस्तै नवलपुरका विभिन्न स्थानमा पनि कार्यक्रम आयोजना गरिएको छ । नेपाली कांग्रेस देवचुली नगर समितिको आयोजनामा शनिवार बृक्षा रोपण तथा “विपिको सान्दर्भिकता र कांग्रेसको भविष्य” विषयक अन्तरकृया आयोजना गर्र्यो ।
कार्यक्रममा बोल्दे अधिकाशंले अब कांग्रेसमा विपिकोे सिद्धान्त बोलीमा मात्र नभई व्यवहारमा उतार्न आवस्यक रहेको बताएका छन । अहिलेको सन्दर्भमा विपिले पार्टीमा गरेको योगदानलाई सबैले स्मृरण गर्न आवस्यक रहेको औलाएका छन । कार्यक्रममा कृषि तथा भुमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री जिसीले विपिको सिद्धान्तलाई माथिल्लो तह देखि तल्लो तह सम्म रहेका कांग्रेस नेता तथा शुभचिन्तकहरुले मनन् गर्नुपर्ने बताउनुभयो ।
देवचुली नगर समितिका सभापति डिल्लीराम कडरीयाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सचिव सुन्दर पाण्डेले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।