देवचुली वडा नं. २ वडा कार्यलयमा ज्ञापन पत्र

शिक्षा

बिबेक भण्डारी

नेपाली कांग्रेस देवचुली २ ले २ को वडा कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । देवचुली नगरपालिकाको देवचुली नगरपालिकाका अन्य वडा भन्दा यस वडामा विकासका कामहरुले गति नलिएको, वडाले गर्नुपर्ने सार्वजनिक सुनुवाइ नगरेको, जनताले वडामा वडा सचिव अभाव हुदा सरल तरिकाले सेवा लिन नपाएको गुनासो आए पछि नेपाली कंग्रेसले जनताको सवाल र उनिहरुलाई उत्तर दिनुपर्ने बताएको छ ।

कांग्रेस वडा सभापति कृष्णचन्द्र बस्ताकोटी, उपाध्यक्ष भिमबहादुर महतो, पार्टि सचिव शिव पौडेलसंगै पार्टिका विभिन्न तहमा रहेकाहरुले वडा अध्यक्ष सरद प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन ज्ञापन पत्र बुझाउदै पार्टि वडा सभापति बस्ताकोटीले वडाले हाल सम्म कुनकुन विकास कहाँ काहाँ गर्र्यो, विकास खर्च कति भए र आर्थिक वर्षमा विनियोजन बजेटबारे आम वडा बासिहरुमा जानकारी गराउनुपर्ने बताउनुभयो ।


ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष सरद प्रसाद घिमिरेले वडाले यो विषयमा गंम्भिर हुने र आगामि दिनमा वडाको खर्च, विकास योजना र अन्य कार्यहरु बारे वडा बासिहरुलाई जानकारी गराउने बताउनुभयो । वडा अध्यक्ष घिमिरेका अनुसार वडाले सबै कार्य गर्ने योजना बनाए पनि वडामा वडा सचिवको अभावका कारण पनि वडा बासिको चाहना अनुसारको आवस्यक कार्यहरु गर्न नपाएको बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर