करमा पुनरावलोकन हुने शर्तमा खुल्यो ताला

शिक्षा

बिबेक भण्डारी ।
करमा पुनरावलोकन हुने शर्तमा देवचुली नगरपालिकाका व्यवशायिहरुले नगर उपप्रमुख, राजश्व शाखा र उद्योग वाणिज्यसंघमा लगाएको ताला पाँच दिनमा खोलेका छन । शनिबार देवचुली नगरपालिकाभित्र रहेका बजार व्यवस्थापन समितिको बैठकले ताला खुल्ने निर्णय गरेका थिए ।

देवचुली नगरपालिकाबाट आर्थिक वर्ष २०८०÷८१ का लागि अत्याधिक कर वृद्धि भएको र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको समेत सहमति दिएको भन्दै असन्तुष्ट व्यवसायीहरुले उद्योग वाणिज्य संघमा समेत ताला लगाएका थिए । देवचुली नगरपालिकाले बढाएको कर दर पुनरावलोकन गर्ने भनि नगर कार्यपालिकाको बैठकले सुचना जारी गरे पश्चात नगर उपप्रमुखको कार्य कक्षमा लागइएको ताला , राजश्व शाखामा लगाएको ताला ४ दिनमा र उद्योग बाणिज्यसंघमा लगाइएको ताला ५ दिनमा खोलेका हुन । गत विहिवार उपप्रमुखको , राजश्व शाखा कार्य कक्षमा ताला लगाइएको थियो भने बुधवार देवचुली उद्योग बाणिज्यसंघमा लगाइएको थियो ।

दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष राजेश रसाइलीले नगरले करको विषयमा पुनरावलोन गर्ने सुचना नै जारी गरेको कारण ताला खोलिएको जनाकारी गराउदै गत शनिवार भएको बैठकले पनि व्यवशायिहरुकालागि सकारात्क विषय आएको हुदा व्यवशायिहरु समझदारीमा आएको बताउनुभयो । व्यवशायिको पक्षमा नगर लाग्छ भने नगरसंगको सहकार्यमा आफुहरु लाग्ने समेत बताउनुभयो ।

                                                          
- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर