राजु चापागाई ।
देश भर फैलिएको आँखा सम्बन्धि रोग नवलपुरमा पनि देखा पर्न थालेको छ । हाल मौसमा भएको फेर बदलका कारण अहिले यो रोग संक्रमणको रुपमा रहेको छ । रोगबाट बालबालिका, युवा, वृद्धवृद्धाहरु सबै प्रभावित भएका छन् ।
देवचुली नगरपालिकामा हेर्ने हो भने गत शुक्रबार देखि आँखाको समस्या लिएर आउने बिरामीको संख्या ४० भन्दा बढी रहेको र आइतबार ५० जना भन्दा बढी उपचारका लागि आएको देवचुली नगर अस्पतालका सूचना अधिकारी गणेश न्यौपानेले जानकारी दिनुभयो ।
यता संक्रमण फैलिएसंगै आवश्यक सतर्कता अपनाईएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । विशेषगरी बालबालिकामा बढी संक्रमण फैलिरहेको सन्दर्भमा विद्यालय संक्रमणको इपिसेन्टर हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ ।